काठमाडौं । ओहायो निवासी गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्द र दिप घतानीको संगीतमा समावेश सामाजिक सन्देश बोकेको मार्मिक म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ।
यस गीतमा रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा संजिव बराइलीको संगीत संयोजन रहेको छ। समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोमा पल शाह र प्रियाना आचार्य फिचर्ड छन्।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

तपाईको प्रतिक्रिया