मुन्द्रे नामले परिचित जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ। सोमबार पर्वतको एक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।

रोमान्टिक कमेडी जनरामा बन्ने उक्त फिल्मको निर्देशन कपिल रिजालले गर्दैछन्। फिल्ममा जितु र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने छ। जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, डिल्ली खनाललगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ।

लामो समय टेलीशृंखला जिरे खुर्सानीमा अभिनय गरेका जितुले दीपा(दीपक समूहसँग मिलेर आधा दर्जन फिल्ममा अभिनय गरिसकेका छन्। दीपा-दीपक समूहसँग अलग्गिएर गर्न लागेको जितुको यो पहिलो फिल्म हो।

‍ह्यारीकी प्यारी कपिलको निर्देशकका रुपमा पहिलो फिल्म भएकाले पनि यसलाई चासोका रुपमा हेरिएको छ। यसअघि उनी ुड्रिम्सुमा निर्माताको रुपमा रहेका थिए।

तपाईको प्रतिक्रिया