काठमाडौं, १५ माघ । गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि ‘सिंगौरी २ ‘ निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो त्यसपछि ‘सिंगौरी ३ ‘ हुदै अहिले ‘सिंगौरी ४ ‘ निर्माण गरेका छन् । ‘सिंगौरी ४ ‘ को कपिराइट्स भने निर्देशक युगल पोमो लिम्बुले खरिद गरि भिडियो निर्माण गरेका छ ।
करिब २०० भन्दा बढी म्युजिक भिडियो र एक फिल्म समेत निर्देशन गरिसकेका निर्देशक युगलले यसपाली भने निर्देशनको जिम्मा बरिस्ट नृत्य निर्देशक कमल राईलाइ सुम्पिदै आफु भने नायिका केकी अधिकारी संग अनक्रीन रोमान्स गरेका छन् ।
त्रिकोणात्मक रोमान्समा आधारित उक्त भिडियोमा युगल र नायिका केकीको अलावा मोडेल ह्यारी योन्जनको पनि अभिनय रहेको छ । प्राकृतिक स्टुडियोको रुपमा कहलिएको भैसीपाटीको श्रीकाली चौरमा छायांकन गरिएको ‘सिंगौरी ४ ‘ मा
छिरिङ्ग शेर्पाको श्रंगार तथा केश विन्यास ,सुक्निता चौलागाइको ड्रेस ,सुमित गुरुङको कोरियोग्राफी , उत्सव दाहालको सिनेमाटोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ।
विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत , नविन राइ र सुनिता थेगिनको स्वर रहेको गीतलाई वाई के फिल्म्स (
YK Films)को यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियोहरुमा अनयुजल कन्सेप्टहरु प्रस्तुत गर्दै आफ्नै छुटै पहिचान निर्माण गरेका निर्देशक युगल पोमो हाल हङकङमा पनि भीडीयो निर्देशनमा ब्यस्त छ पोमो लगायत सम्पूर्ण निर्माण टोली ‘सिंगौरी ४ ‘ बाट निकै आशावादी रहेका छन ।

 

 

 

तपाईको प्रतिक्रिया