काठमाडौँ। प्रतिभाशाली मोडल जिशु कोइरालाले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘तिमीलाई मेरो आफ्नो बन्न’ सार्वजनिक गरेकी छिन्। प्रेमिल शैलीको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ। सुजन कंडेलको शब्द रहेको यस गीतमा संगीत राम कुमार रिमालको संगीत रहेको छ। नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायक पुष्प खड्का र मोडल जिशु कोईरालालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।
श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियाेमा अनिल के मानन्धरको छायाँकन रहेको छ। मिलन बिश्वकर्माले सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो। भिडियो जिशु कोइरालाको अफिसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि मोडल कोइराला अभिनित ‘हेर्ने हो र देखाइदिम’ दर्शक स्रोता माझ लोकप्रिय छ।

 

तपाईको प्रतिक्रिया