‘नमुछे आमा दहिमा टिका’ जस्ताे कालजयी गीतका गायक कृष्णभक्त राईको स्वरमा नयाँ गीत ‘बेसाहारा जीवन’ सार्वजनिक भएकाे छ । रियल पिक्चर इन्टरटेन्मेन्ट नामक युटुब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियाे बालबालिकाकाे अपहरण कथालाइ आधार मानेर बनाइएकाे छ । भाेजेन्द्र अधिकारीकाे शब्द, संगीत रहेको गीतकाे म्युजिक भिडियाे निर्देशन राम बास्ताेलाले गरेका हुन भने सहनिर्देशन सन्ताेष पाैडेलले गरेका हुन् । भिडियाेमा प्रज्वल भित्रीकाेटी ,बज्रराज अधिकारी ,अभिराज बिसी, पुष्पा लाेहनी, दिपेश लामिछाने,अग्नी सुनार,प्रसंसा भित्रकोटी, अर्जुन र गाेविन बिसीकाे अभिनय रहेकाे छ । रियल पिक्चर इन्टरटेन्मेन्टले आफ्नाे च्यानल मार्फत सर्ट मुभि सिरिज ‘हल्का टुच्च ‘ लगायत पाेखरामा रहेर विभिन्न म्युजिक भिडीयाे निर्माण , डकुमेन्ट्री लगायत सबै प्रकारका अडियाे भिडीयाे सेवा दिदै आएकाे छ ।

तपाईको प्रतिक्रिया