काठमाडौं, माघ २१ गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं ५७०, लतिलपुर १२० र भक्तपुर ५५ गरेर २४ घण्टामा ७४५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा १६ हजार ३, ललितपुरमा नौ हजार ३५१ र भक्तपुरमा ३ हजार ८२९ रहेका छन्।

अहिलेसम्म उपत्यकामा कोरोनाले तीन हजार ४५४ जनाको मृत्यु भएको छ भने तीन लाख ८८ हजार ८९० जनाले कोरोना जितेका छन्।

तपाईको प्रतिक्रिया