काठमाडौं । ‘ए मेरो हजुर’बाट नेपाल चलचित्रमा डेब्यु गरेकी अभिनेत्री सुहाना थापा कलिलै उमेरदेखि भक्तिमा लिन छिन् । उनी कृष्णको भक्त हुन् । राधे राधे उनलाई मनपर्ने बचन हो ।

अभिनेत्री झरना थापाकी छोरी भएकाले उनलाई चलचित्र क्षेत्रमा आउन त्यति गाह्रो भएन । डेब्यु फिल्ममै युवा दर्शमाझ क्रेज बढाइसकेका अनमोल केसीको जोडी बनेर उनले खेल्ने मौका पाइन् ।

पहिलो फिल्ममा उनले अनमोलको भन्दा राम्रो अभिनय गरेर दर्शमाझ अलग छवि बनाउन सफल भइन् । पढाइ चल्दाचल्दै अभिनयमा आएकी उनको दैनिकी धर्म कर्ममा बित्छ ।

उनको इन्टाग्राममा हेर्ने हो भने राधा बनेर कृष्णको प्रेममा चुर्लुम्म डुबेका तस्बिरहरू देखिन्छन् । कहिले उनी कृष्णलाई झोलुङ्गेमा झुलाइरहेकी देखिन्छिन् त कहिले कृष्ण मन्दिरमा राधा बनेर विचरण गरिरहेको भेटिन्छिन् ।

तपाईको प्रतिक्रिया