काठमाडौं को गोकर्णेसश्वर, जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौं बार्षिक साधारणसभा 2078 माघ 27 गते बिहिवारका दिन संस्थाका अध्यक्ष श्री हरु कुमार भण्डारी को अध्यक्षता मा सम्पन्न भएको छ।कार्यक्रम लाई मनिशा राजवंशीले संचालन गर्नुभएको हो।बार्षिक साधारणसभा गोकर्णेश्वर नगरपालिका सहकारी शाखा प्रमुख श्री दिपक थापाको प्रमुख आतिथ्यतामा भएको थियो। विशेष अतिथिमा अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सह-अध्यक्ष, वाग्मति प्रदेश खेलकुद इन्चार्ज, राष्ट्रिय खेलकुद परिषद् सदस्य, नेपाल क्योकुसिन करातेको 5-don, कलाकार तथा समाजसेवी श्री जनक वर्तौला ज्यू, र अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघका उपाध्यक्ष, उत्तरपुर्वि भेगिय सार्वजनिक यातायात समन्वय समिति नेपालको अध्यक्ष तथा आमा याड्री ह्याल्मो यातायात प्रा. लि. को अध्यक्ष श्री कान्छाराम थिङ रहेका थिए।
यसैगरी अन्य अतिथि हरु क्रमशः
• अतिथि जगदम्बा बहुउद्देश्यीय सहकारी संस्था लि. का कार्यकारी प्रमुख तथा समाजसेवी श्री विक्रम तामाङ ज्यू,
• अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख सुमित्रा अधिकारी ज्यू
• अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघका सचिव, उत्तरपुर्विभेगिय सार्वजनिक यातायात समन्वय समिति नेपालको बरिष्ठ उपाध्यक्ष तथा पाचपोखरी यातायात प्रा.लि. को अध्यक्ष श्री अरुण श्रेष्ठ ज्यू,
• अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघका कर्पोरेट संयोजक तथा बाबा गोकर्णेश्वर यातायात प्रा. लि. को अध्यक्ष श्री भिम बस्नेत ज्यु, • अतिथि खड्ग अधिकारी एसोसिएट्सका प्रोपाइटर तथा यस संस्थाका लेखापरिक्षक श्री खड्ग अधिकारी ज्यू,लगायतको उपस्थीती रहेको थियो।प्रमुख अतिथि दिपक थापा ज्यु बात दिप प्रज्वलन गरि सके पछि रास्त्रीय गान गाउदैकार्यक्रमको उद्घाटन गरिएको उक्त साधारण सभाको कार्यक्रममा अतिथी सुमित्रा अधिकारी ज्यु र अर्का अतिथी अरुण श्रेष्ठ ज्यु ले स्वागत मन्तव्य दिनुभएको थियो भनेप्रमुख अतिथि ज्यू र विशेष अतिथि ज्यूबाट उत्कृष्ट बचतकर्ता श्री मैया लामा,असल ऋणी- श्री एलिना रैका मगर र उत्कृष्ट सहयोगि श्री उत्तम ब्लोन ज्यु लाई सम्मान पत्र वितरण गरिएको थियो। संस्थाको कार्यप्रगति प्रतिवेदन सचिव श्री रामशरण थापा ले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष श्री भुवन पोखेल ज्य ले प्रस्तुत गर्नुभएको थियो।१८ लाख शेर पुजी बाट सुरुवात गरिएको उक्त संस्थाको चालू ०७८ मा ६२ लाख पुगेको छ अब अर्को वर्ष २०७९ मा ३ करोड पुर्याउने योजना रहेको अध्यक्ष हरि बहादुर भण्डारीले बताए । सोही संस्थाको संचालक समितिमा अध्यक्ष हरि बहादुर भण्डारी,उपाध्यक्ष राज भण्डारी,सचीव राम शरण चापा,कोषाध्यक्ष भुवन पोखेल र अन्य सदस्य सुनिता घिसिङ,सानु मानन्धर,सनि लामा हुनुहुन्छ
लेखा समिति भने केशव सुवेदि खत्री,धनमाया लामा,चन्द्रकुमार भण्डारी हुनुहुन्छ,यस्तै ऋण लगानी तथा व्यवस्थापन उप समितिमा राम शरण थापा,सुनिता घिसिङ,सनि लामा रहेको बजार ब्यवस्थपक तारा लामा ले बताउनु भएको कार्यक्रम जोरपाटी स्थित एक ब्यान्क्युट मा सम्पन्न भएको थियो!!

तपाईको प्रतिक्रिया