काठमाडौं । लुपी इन्टरटेन्मेण्टको प्रस्तुतिमा गायक सनिश श्रेष्ठको स्वरमा रहेको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
डान्सिङ भर्सनको यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन्। जावेद खानले छायाँकन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ फिचर्ड छन् । यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह-निर्माता हुन्। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया