काठमाडौं ।गायिका मेलिना राई र गायक रमेश राई एकसाथ ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो साथमा आएका छन्। प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ। यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस भिडियोमा केशब राज भट्टको कोरियोग्राफी रहेको छ। अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएय्को हो। गायक राईको युट्युव च्यानल ‘रमेश राई’ मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया