काठमाडौँ । गायक एवम गीतकार डि. पी खनाल र गायिका ममता गुरुङको सुमधुर स्वरमा समावेश ‘मायाको मौसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक खनालकी जीवनसंगिनी सदु खनालको शब्द रहेको छ। प्रेमिल शैलीको यस गीतमा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना कार्कीबिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा दिन्सन शाहको सम्पादन रहेको छ। दिपेश परियार सहायक निर्देशक रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियोको प्रस्तुतकर्ता सदु खनाल हुन्। यस भिडियोलाई ‘सुधिर श्रेष्ठ सिर्कार’ च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

 

तपाईको प्रतिक्रिया