काठमाडौँ । गायक चन्द्र अन्छ्ङबो विगत दुई दशकदेखि लोक संगीत बिशेषगरी लिम्बु जातिहरुको धर्म र संस्कृतिमा आधारित गीतहरुमा आफ्नो आवाज दिईरहेका गायक हुन। उनलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएका छन । हङकङलाइ कर्मथलो बनाएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगतसंग तुलना गर्छन  । उनी भन्छन ”जिवनमा संगीत गर्दाको खुसी र आनन्द कुनै आधुनिकताले दिदैन ”  । पछिल्लो समय उनै गायक चन्द्र अन्छङबोले एउटा लिम्बु गीत सार्वजनिक गरेका छ्न ।  ‘याक्थुंङ हाङमा तरेमे ‘ गीतमा सोल्टीले सोल्टिनालाइ लिम्वुवान राज्यमा राम्ररी बस्नु होला , म जहाँ पुगे पनि तिमि प्रतिको माया र साथ सधैं रहने छ भन्ने भाव गीतमा रहेको छ । गीतमा चन्द्रलाइ गायिका संगीत आङबुहाङले साथ दिएकी छिन । बब्रिम शेर्माको शब्द ,संगीत रहेको गीतलाई वरिष्ठ संगीतकार दिनेश सुब्बाले एरेन्ज गरेका हुन । लिम्बु गीतलाई शब्दको भाव अनुसार पर्दामा प्रस्तुत गर्नका लागि भिडियोमा निकै मेहनत गरिएको चन्द्रले बताए । भिडियो निर्माणको उदेश्य मनोरञ्जनको साथै लिम्बु संस्कार र संस्कृति पुस्तान्तरण गर्न पनि रहेको गायक अन्छङबोले बताए । युवा पुस्ताका चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई मौलिक बनाउन कस्ट्युम र कलाकारहरुको प्रस्तुतिमा बिशेष मेहनत गरिएको बताए । भिडियोमा गायक चन्द्रलाई आफनै श्रीमती सुकु नाल्बो , छोरीहरु एञ्जुला ,एलिसा अन्छङबो र पूर्ण बहादुर अन्छङबोले  साथ दिएका छ्न । हङकङको विभिन्न सुन्दर ठाउँहरुमा खिचिएको भिडियोलाइ छायांकन र सम्पादन मज्जाको राईले गरेका छन ।  भिडियोलाइ गायक चन्द्र अन्छङबोको युट्युब च्यानल  ( Chandra Anchhangbo ) बाट सार्वजनिक गरिएको हो । आफ्नो भाषा संस्कृतिलाइ बचाउन महत्वपूर्ण भूमिका निभाएको भन्ने जस्ता सकारात्मक कमेन्टहरु भिडियोबारे आएको अन्छ्ङबोले बताए।  

तपाईको प्रतिक्रिया