काठमाण्डौ जेष्ठ ०९ – लोकप्रिय पुराना गायक तथा सर्जक हिमाल घलेको पछिल्लो प्रस्तुति भर्खरै बजारमा आएको छ । उक्त गीत “कदमैको छायाँ” बोलको रहेको छ । शुष्मा म्युजिक प्रालिको ब्यानरमा तयार भएको यस गीतमा हिमाल घले र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका समिक्षाको यतिबेला छुट्टै चर्चा रहेको छ । उनि द्वारा स्वर बद्ध गीतहरु अहिले पनि बजारमा आइरहेका छन् । तर यी गीतहरु पहिले रेकर्ड भएका हुन् अथवा भर्खरै रेकर्ड भएका हुन् त्यो भने एकिन गर्न सकिएको छैन । यद्धपि यो गीत पछिल्लो समय सार्बजनिक भएकोले उनि पुनः यस क्षेत्रमा सक्रिय देखिन थालेकी हुन् कि भन्ने अनुमान भने गर्न सकिन्छ ।

प्रस्तुत गीतमा हिमाल घलेको मौलिक लय तथा रमेश बि जी को शब्द रहेको छ । हिमालका यस भन्दा अगाडी पनि थुप्रै सिर्जनाहरु बजारमा आइसकेका छन् । उनले आफ्ना सृजनाहरु बाट मौलिकताको स्वाद नै प्रस्तुत गर्ने गरेका छन् । ब्यसवायिकताको नाममा मौलिकता कहिले नभुल्ने भएको हुँदा नै हिमाललाई नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सदाबहार कलाकारको रुपमा चिन्न सकिन्छ ।

“कदमैको छायाँ” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सुधिर श्रेष्ठ र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् । हिमाल घले युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले पहिलेका सांगीतिक प्रस्तुतिलाई झैं मन पराइदिनु हुनेछ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया