काठमाण्डौ जेष्ठ १७ – संगीतको साधना गर्दै यस क्षेत्रमा समर्पित गायिका तथा गीतकार जानुका लामिछाने निरौलाको पछिल्लो प्रस्तुति “आँशुको अर्थ” भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । साहित्य प्रति झुकाब राख्ने जानुकाको भर्खरै बजारमा आएको गीतमा संगीत प्रभावन जे को रहेको छ भने शब्द रचना गायिका स्वयम् जानुकाको रहेको छ । गीतलाई यस भन्दा पहिले पनि राज सिग्देलको स्वरमा सार्बजनिक गरिसकिएको छ ।

प्रस्तुत गीतमा आफुले माया गरेको मान्छे कुलतमा फसिरहंदा र घर व्यवहारको चिन्ता बाट अलग हुँदा, आँशुको पोखरीमा डुब्नु परेको वियोगान्त प्रेमकथा समाबेस गरिएको छ । “आँशुको अर्थ” बोलको गीतको म्युजिक भिडियोमा राजु खतिवडा र सुनिशा बजगाईंको अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रभावन जे सहित समूहले गरेको छ भने छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं र सम्पादन कृष्ण गौतमले गरेका छन् । गीतलाई जानुका लामिछाने युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया