काठमाण्डौ जेष्ठ २३ – भजन तथा लोक दोहोरी गीत संगीतको माध्यमबाट सांगीतिक क्षेत्रमा जमेका गायक तथा सर्जक सरोज ढकालको पछिल्लो गीत “रुमाल खल्तीमा” सार्बजनिक भएको छ ।

गत जेष्ठ १८ गते काठमाण्डौको टोखा नयाँ पुलमा अवस्थित सेन्टर पोइन्ट हेल्दी किचेनमा एक समारोह बीच राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष बिक्रम जङ्ग थापाको प्रमुख आतिथ्यता र अन्य अतिथि गीत संगीतका सर्जकहरुमाझ उक्त गीतलाई सार्बजनिक गरिएको हो ।

गायक संगीतकार सर्जक सरोज ढकाल र गायिका सारदा रसाईलीको सुमधुर स्वरमा रहेको “रुमाल खल्तीमा” बोलको गीतलाई लय शब्द पनि गायक स्वयम् ढकालको रहेको छ । प्रस्तुत गीत अहिले टिकटकमा निकै चर्चामा रहेको छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा लोमस शर्मा, आयुष्मा कार्की र सरोज ढकालको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी राजाराम सिम्खडाले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया