विराटनगर ÷ विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत व्यवस्थापन संकायका १४ औंैं ब्याचको ४ सय ३५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षा तथा हिसानले लिएको परीक्षा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका निवर्तमान प्रमुख तथा कलेज कवेज व्यवस्थान समितीका अध्यक्ष भीम पराजुली, कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी , व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई र कलेजका सञ्चालक डा. विमल श्रीवास्तवलगायत मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।

त्यस्तै कलेजका विद्यार्थी एलिना गिरि, धमभन्द्र भण्डारी र दिपिका पोखरेललगायतले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

तपाईको प्रतिक्रिया