काठमाडौं ।
अपाङ्गता भएका महिलाहरुको महासङ्घ नेपालको आयोजाना र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको सहकार्यमा बिहीबार ललितपुर महानगरपालिकाका नवनिर्वाचित जन प्रतिनिधिहरुलाई अपाङ्गता अधिकार र समावेशिकरण बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा महिला, बालबालिका जेष्ठ नागरिक मन्त्रालयका उप-सचिव एवम अपाङ्गता अधिकार प्रवर्द्धन शाखाका प्रमुख जमुना मिश्र , ललितपुर महानगरपालिकाका महिला बिभाग महाशाखा प्रमुख महेश्वरी बिस्ट रावल , नेपाल परिवार नियोजन संघका शरद कुमार अर्याल , अपाङ्गता भएका महिलाहरुको महासङ्घ नेपालका अध्यक्ष निर्मला धिताल र महासचिव रमा ढकालले सहजिकरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया