काठमाडौं : गायक यमन भारद्वाजको स्वरमा सजिएको गजल ‘अन्धकार’’को भिडियो सार्वजनिक भएको छ । जि.आर. न्यौपानेको शब्द तथा योगेन्द्र उपाध्यायको संगीत रहेको गजल युट्युब मार्फत सार्वजनिक भएको हो । गजलमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।

भावना भण्डारी निर्माता रहेको गजलमा योगेन्द्र उपाध्यायले भिडियो सम्पादन गर्नुभएको हो । गजल युट्युबमा अपलोड भएको छोटो समयमा नै धेरै दर्शक स्रोताहरुको मनमा बस्न सफल भईरहेको छ । आफ्ना पहिलेका गीतहरुलाई जस्तै यो गजललाई पनि दर्शक स्रोताहरुले मन पराउनेमा आफु र आफ्नो टिम विश्वश्त रहेको गायक यमन भारद्वाजले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया