काठमाडौं । युवा गीतकार सक्रिय श्रेष्ठको प्रेमिल शब्दमा रहेको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ।
शास्त्रीय संगीतको समिश्रण रहेको यस गीतमा गायक न्यौपानेको नै संगीत रहेको छ। गीतको एरेन्ज रिदम कँडेलले गरेका छन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार श्रेष्ठको शब्दमा रहेको ‘ कुरा नगरेकै जाती’, ‘सपनाको रंग ‘ बोलको भिडियोहरु सार्वजनिक भैसकेका छन्।
भिडियोले दर्शक स्रोताबाट सकारत्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया