काठमाण्डौ असर ०६ – कसै संग जिबन भर संगै बाँच्ने र संगै मर्ने कसम खाइन्छ र त्यो दुई व्यक्ति मध्य एक बाट अनायासै घात हुन पुग्छ भने सहन कहाँ त्यति सजिलो छ र ! यस्तै वियोगान्त प्रेम भावमा भर्खरै एउटा गीत सार्बजनिक भएको छ । उक्त गीत संगीता ढुंगेलको प्रस्तुतिमा “फुल सारेर छोड्यौ बाटोमा” बोलको रहेको छ ।

प्रस्तुतकर्ता एवं गायिका संगीता टिकटकमा समेत अत्याधिक रुचाइएकि युजर हुन् । उनि अहिले अस्वस्थ समेत रहेकी छिन् । संगीतालाई अहिले घाँटीमा पलाएको ट्युमर र त्यसको अप्रेसन पश्चात डाक्टरको सल्लाह अनुसार घर मै आराम गर्नु पर्ने अवस्था रहेको छ । उनि आफु अस्वस्थ रहँदा पनि गीत संगीत प्रतिको यस्तो मोहबाट यस क्षेत्रको सम्वृद्धिमा टेवा पुग्ने कुरामा कसैले शंका राख्न सक्दैन ।

प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले भरेका हुन् भने गीतमा दिनेश श्रेष्ठ र संगीता ढुंगेलको सुमधुर स्वर सुन्न सिकन्छ । गीत निकै कर्णप्रिय बनेको छ । अडियोको स्तरीयता जस्तै भिडियो पनि उत्कृस्ट बनेर अहिले दिनेश श्रेष्ठ आफिसिएल युट्युब मार्फत सार्बजनिक गरिसकिएको छ ।

“फुल सारेर छोड्यौ बाटोमा” बोलको गीतको म्युजिक भिडियोलाई टिकटक भाइरल अनुष थापाले निर्माण गरेका हुन् । दिनेश मुस्कान द्वारा निर्देशन, छायांकन तथा सम्पादन भएको भिडियोमा अनुष थापा, अन्जु सुनार, शोभा एल.एम.सी र सुधा थापाको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया