कोरोनाको कारण लामो समयसम्म कुनै पनि चलचित्र प्रदर्शन हुन नसकेको दक्षिण कोरियामा a mero hajur4 प्रर्दशन हुने भएको छ । यही आउदो June 26 तारीक(आईतबार)को दिन उमसङ जिल्ला स्थित मुगुक सहरमा प्रदर्शन हुने भएको हो । उमसङ नेपाली समाज र हिमालयन फुटबल क्लवको संयुक्त आयोजनामा क्लवको आर्थिक सबलीकरणका लागि यो चलचित्र प्रदर्शन गर्न लागिएको हो । यस कार्यक्रममा FitnessNepal, Himalayan FC ,नेपाली एण्ड थाई रेष्टुरेण्ट, sophia tv Korea स्पोन्सर पाट्नर रहेका छन् ।चलचित्र मुगुक स्थित पुरानो बस टर्मिनल छेउमा रहेको 무극 시장 고객지원 센터को हलमा दिउसो १२ बजे र ३ बजे गरि दुई शो प्रदर्शन गरिनेछ । आयोजकको तर्फबाट छोटो बधाई तथा सम्मान कार्यक्रम गरि सन्तोस लामाको नृत्यकला पनि प्रस्तुत गरिने जनाएको छ । हाल सम्म बिभिन्न संघसंस्था , रेष्टुरेण्ट र फुटबल क्लवहरुमा २५० वोटा भन्दा बढि टिकटहरु बितरण गरिसकेको टिमका म्यनेजर सरोज अधिकारीले जनाएका छन् ।
गत तीन वर्षअगाडि पनि संस्थाले ‘ए मेरो हजुर ३’ सफलता पूर्वक प्रर्दशन गरेको थियो । अहिले भने कोरिया भरिमानै सबै भन्दा पहिले प्रदर्शन गरिने भएकोले दर्शकको बाक्लै उपस्थिति रहनेमा आयोजक आसावादी रहेको छ ।