काठमाडौँ । अभिनेता अनुप बिक्रम शाहीको संचालन र सौगातमान सिंह बस्नेतको निर्देशन रहने एडभेन्चर रियालटी शोको नाम ‘म्याडभेन्चर’ राखिएको छ । निर्देशक बस्नेतले शोको नाम ‘म्याडभेन्चर’ जुरेको जानकारी दिए ।
यात्रा र एडभेन्चरमा म्याडनेस थपेर रोचक र रोमान्चक यात्रा गराउने शो भर्सटाइल अभिनेता शाहीले ५ एपिसोडमा फरक फरक स्थानको परिचय दिनेछन् ।
रोचक शैलीमा निर्माण हुने शोको गीत र संगीतका लागि नेपाली रक संगीतमा चर्चित ब्याण्ड ‘स्याडोज’ का सदस्य स्वप्निल शर्मा भित्रिएका छन् । शर्माका अलवा प्रसिद्ध टिम फज फ्याक्ट्रीका रोहित शाक्य पनि टिममा रहने निर्देशक बस्नेतले बताए ।
यात्रा, संगीत र एडभेन्चरले भरिपुर्ण यस शोको अझै तयारी भइरहेको छ र रोचक बनाउन कुनै कसुर बाँकी नराखिने निर्देशक बस्नेतको भनाई रहेको छ । प्रचार प्रसार समेत नयाँ ढंगबाट भइरहेको शो नेपाली ट्राभल तथा टुरिजम क्षेत्रका लागि एउटा महत्वपूर्ण दस्तावेज हुने निर्माण टिमको विश्वास रहेको छ ।
शो टुरिजम क्षेत्रमा लामो समयदेखी सकृय ट्रेकिङ्ग टिम, प्रोडक्सन, ग्रफिक्स तथा एडभर्टाईजिङ्गमा सकृय ब्राण्डलेन्सर र स्टुडियो कृयोको निर्माण रहेको शोको व्यबस्थापन तथा निर्माण ब्राण्डलेन्सर र स्टुडियो कृयोले गरिरहेका छ ।
अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुने शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिनेछ । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ निर्देशक सौगातले थपे ।

तपाईको प्रतिक्रिया