ज्योतिषी दुर्गाप्रसाद भण्डारी

वि.सं.२०७९ साल आषाढ १४ गते । मंगलबार । ईश्वी सन् २०२२ जुन २८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि–औशी, अहोरात्र । नक्षत्र–मृगशिरा, बेलुकी ६ बजेर ५४ मिनेट उप्रान्त आद्र्रा । योग–गंड, बिहान ०८ बजेर ३१ मिनेट उप्रान्त वृद्धि । करण–चतुष्पद, बेलुकी ६ बजेर ६ मिनेट उप्रान्त नाग । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–बृष,बिहान ५ बजेर ३९ मिनेट उप्रान्त मिथनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । आफुभन्दा बिशिष्ट व्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउन सहयोग पुग्नेछ । छोटो तथा महत्वपूर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन् ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरी प्रभुत्व जमाउन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अग्रज,आफन्त तथा साथिभाईको बिषेश भेटघाटले व्यावसायको लागि योजना बनाउन सहयोग पुग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आकर्षित गर्न सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसाय बाट प्रशस्त नाँफा कमाउन सकिनेछ भने बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भौतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । सवारी साधनमा सामान्य दुर्घटना हुने योग रहेकोछ । आफन्त तथा साथिभाईहरुलाई तुरुन्त विश्वास गर्नाले समस्या पर्न सक्छ । अध्ययनमा समय दिनेहरुले भनेजस्तो नतिजा हात पार्न प्रशस्त समय खर्चनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

सानो लगानी गर्दापनि समयले साथ दिने हुनाले व्यापार फस्टाई मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्त हुने गतिलो योग रहकोछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्ने हुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदि बहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समयदेखी गरी आएको काम सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो समयको लागी पद प्राप्तीको योग रहेकोछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

माया प्रेममा आत्मियताको कमी हुनेछ तथा पति पत्नी बीच अबिश्वास सिर्जना हुनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । काम समयमा सम्पन्न गर्न नसक्दा हातबाट अवसरहरु फुत्कन सक्छन् । साझेदारी व्यावसायमा लगानी नवढाउनु उचित हुनेछ किनकी साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

काम गर्ने शैलि परिवर्तन गरेर आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपूर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागी खर्च भने बढ्ने देखिन्छ । वादविवाद तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा फितलो उपस्थितिले गर्दा अरुभन्दा पछी परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईंको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । तरपनि प्रेम प्रसङगमा एक अर्का बीच भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा शहकारी पेशा व्यावसाय गर्नेहरुका लागी समयले साथ दिनेछ । राजनीतिकर्मिका लागी आजको दिन उत्तम रहेकोछ ।

तपाईको प्रतिक्रिया