नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन् । सोही क्रममा नयाँ गीत “सिंहदरबार झ्यालैमा ऐना” को भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा कृष्ण काफ्ले र ईन्दिरा भट्टराईको स्वर रहेको छ भने मोहन थापाको शब्द र कृष्ण थापाको संगीत रहेको छ ।

उक्त गीतको भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेको छ भने देबेन्द्र पाण्डेको नृत्य निर्देशन, करण चैशिरको छायांकन, मीन रावलको सम्पादन रहेको छ । यस गीतको भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ ।

“सिंहदरबार झ्यालैमा ऐना” नामक गीतलाई प्रीयसी म्युजिकको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया