काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक दिलिप रेग्मीको निर्देशन तथा अभिनयमा देशभक्ति लोकदोहोरी गीत ‘गुनासो…’ रिलिज भएको छ । झझल्को डिजिटल नामक युटुब च्यानल मार्फत रिलिज गरिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
गायक कुशल बिश्वकर्माको आवाजमा रहेको गीतलाई सर्जक शक्ति क्षेत्रिले शब्द लेखेका हुन् । चर्चित सर्जक तथा गीतकार एकनारायण भण्डारीले शक्ति क्षेत्रिको शब्दलाई टपक्क टिपेर संगीत भरेका छन् ।
बिनोद बाजुरालीको संगीत संयोजनमा तयार पारिएको उक्त गीतमा देश प्रतिको माया हुदाहुदै पनि विदेश जानु परेको पर्ने एक कथा देख्न सकिन्छ । समाजमा देखिएको कथालाई लिएर निर्देशक दिलिप रेग्मीले भिडिओको निर्देशन गरेका हुन् ।
भिडिओमा दिलिप रेग्मी, दिव्या न्यौपाने, सुरबीर पण्डित (दार्ही बा ) को दमदार अभिनय देख्न सकिन्छ । जनता डिजिटलको ब्यानरमा तयार पारिएको भिडिओलाई राम केसीको छायांकन रहेको छ ।
छोटो समयमा नै सबैको मन जित्न सफल रहेको भिडियोलाई अमृत चापागाले सम्पादन गरेका छन् ।