काठमाडौं । अमेरिकाको ओहायो राज्य निवासी युवा गीतकार रमेश लुइटेलको शब्दमा समावेश बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ। यस गीतमा गायक केतन क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत हेमन्त शिशिरको रहेको छ।
फिल्मनगरी भित्रको तितो यथार्थलाई प्रस्तुत गरिएको भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो।
भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि गीतकार लुइँटेलको शब्दमा ‘तिम्रो मायामा’ ‘इलामे बजार’ ,’तिम्रो साथ’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

 

 

 

तपाईको प्रतिक्रिया