काठमाण्डौ श्रावन ०१ – लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक प्रकाश भट्टको यस बर्षको पहिलो तिज कोसेली “घण्टा” भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको उक्त गितमा विनोद ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ ।

शंकर विसीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा ज्योती मगर र बुद्ध तामाङको अभिनय संगै डान्सिंग फिचर रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया