काठमाण्डौ श्रावन ०२ – करिब १०० भन्दा बढी गीतहरुमा आफ्नो सिर्जना प्रस्तुत गरिसकेका लोकप्रिय गायक तथा सर्जक बिनोद ढकालको प्रस्तुतिमा भर्खरै मात्र तीज गीत “खेताला” सार्बजनिक भएको छ । महिला हिंसा र दाइजो बिरुद्धको आवाज संगै छोराछोरी नपाएको निहुमा श्रीमती माथिको हिंसालाई लक्षित गर्दै पारिवारिक बिषयबस्तुमा यस गीतमा बिनोद ढकाल, माया दर्नाल, दिपकला थापा रिम्प्ले र कृष्ण लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ ।
फरक खालका समसामाहिक बिषयबस्तुलाई टपक्क टिपेर गीतमा उतार्न खप्पिस उनै विनोद ढकालको लय शब्दमा तयार भएको “खेताला” भन्दा पहिले ढाडे बिरालो, टिकटक गरम आउ, यस्पालिका तिज गित, घण्टा, म जस्तै खुशि को छर, जुका लाग्ने गाउँमा लगायतका गीतहरु सार्बजनिक भैसकेका छन् ।
गीतको रोमान्चकता जस्तै भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा विनोद ढकाल, शुशिला निरौला (बिम्ली) गणेश ए.सी, रोमा बिष्ट, अनुप कार्कीको देख्न सकिन्छ । लक्ष्मण श्रेष्ठको निर्देशन तथा कथामा रहेको “खेताला” बोलको गीतको म्युजिक भिडियोलाई परिकल्पना विनोद ढकालको रहेको छ भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई बिनोद ढकाल, ल्याब म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।