काठमाडौंः संगीतकार लक्षमण पोखरेलको संगीतमा तीजको गीत रेकर्डिङ भएको छ ।

चर्चित गायिका शान्ती श्री परियारको स्वरमा रेर्कड भएको उक्त गीतका गीतकार टिएन आचार्य हुन् ।

तीजको नाममा हुने विकृति र विसंगतिलाई चिरफार गरी तयार पारिएको गीतलाई अशोक थापाले एरेन्ज गरेका छन् ।

गीतलाई मनोज डंगोलले रेकर्ड गरेका हुन् । विग परिवेसमा रेकर्डिङ भएको गीतबाट आशावादी रहेको संगीतकार पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया