काठमाण्डौ श्रावन ०४ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु अहिले बजारमा थुप्रै आइरहेका छन् । सोहि भिडमा आशा लामा ज्ञानमाला र शर्मिला सुनुवार राईको संयुक्त प्रस्तुति “मादल बज्यो गम गम” बोलेको गीत पनि बजारमा आइसकेको छ । लोकप्रिय गायक कृष्ण रेउले आशा लामा ज्ञानमाला र शर्मिला सुनुवार राईको सुमधुरमा रहेको यस गीतलाई लय तथा शब्द सिर्जना कृष्ण रेउलेले नै भरेका छन् ।

गायक रेउले भन्छन्, यो नितान्त माया प्रेम सम्बन्धी तीज गीत हो । खासमा मैले तीज नारी प्रधान चाड भएको हुदाँ  नारीले मात्र गीत गाउनुपर्छ भन्ने सोचले तीजका गीत गाएको थिएन , तर सबैले गाइरहदा आफु कतै ओझेलमा पर्छुकी भन्ने लागेर पनि गीत गायको हुँ ।

कृष्ण रेउले,बिक्रम चौहान,दिपाशा बि.सी,सन्ध्या सानु,जोन बाम,लेखिना राई,शर्मिला सुनवर राईको अभिनय रहेको यस गीतको भिडियोलाई निर्देशन तथा कोरियोग्राफ विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र समुह साथै सम्पदान लक्ष्मण चौहानले गरेका छन् । “मादल बज्यो गम गम” बोलको गीतको म्युजिक भिडियोलाई कृष्ण रेउले युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया