काठमाडौँ श्रावन ०४ । गायिका, तथा संचारकर्मी शोभा त्रिपाठीको “बादलु लाएर”  बोलको तीज गीत भर्खरै सार्वजनिक भएको छ । यस गीतमा राजु परियार र शोभा त्रिपाठीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको लेखन नेत्र अर्यालको रहेको छ भने संगीत संयोजन र लय महेन्द्र भण्डारीको रहेको छ । भिडियोमा पनि गायकद्वय त्रिपाठी र परियारलाई नै देख्न सकिन्छ ।

“बादलु लाएर” बोलको गीतको म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने नवराव उप्रेतीको छायांकन र प्रविण भट्टको सम्पादन रहेको छ । गीतलाई काठमाडौँको पशुपति, गुह्येश्वरी, मृगस्थली क्षेत्रमा खिचिएको हो । सुमधुर स्वरकी धनि त्रिपाठीले प्रत्येक वर्ष तीजको अवसरमा यस्ता कर्णप्रिय तीज गीत सार्वजनिक गर्ने गरेकी छन् । यस गीतको म्युजिक भिडियोलाई शोभा त्रिपाठी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया