काठमाण्डौ श्रावन ०६ – बिशेष गरेर मौलिक स्वादका गीत संगीतहरु सार्बजनिक गरेर आफ्नो छुट्टै पहिचान स्थापित गरेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले यस पटक भने केहि पृथक स्वादको गीत सार्बजनिक गरेका छन् । उक्त गीत “जवानी चढ्यो” बोलको रहेको छ । नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७९ शुभकामना सहित सार्बजनिक गरिको गीतमा गहिराही बुझ्दा बिकृति र विसंगति बिरुद्ध एक बुलन्द आवाजको रुपमा पनि यस गीतलाई लिन सकिन्छ । गीतमा रामकुमार कार्की र प्रिती आलेको स्वर सुन्न सकिन्छ ।
रामकुमार कार्की कै लय तथा शब्द सिर्जनामा सजिएको यस गीतको म्युजिक भिडियो पनि अडियो जस्तै निकै दमदार बनाउने कोसिस गरिएको छ । भिडियोमा सन्जिब ठकुरी, अस्मिता रनपाल, रुपेश दानी क्षेत्री, जुना एस डी, बिक्रम नेपालि, आर्यन राई, प्रसुना चौलागाईं र राजन अधिकारीको अभिनय देख्न सकिन्छ । “जवानी चढ्यो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतलाई रामकुमार कार्की युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।