काठमाडौं । अमेरिकामा रहेका प्रतिभाशाली युवा गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको ‘दुधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा उनलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो। युनिक इन्सोरेन्स एजेन्सी एलएलसी, बिस्ट डिएनपी र श्याम नेपाली संगको सहकार्यमा तयार पारिएको यस भिडियोलाई ‘युनिकर्न मोशन पिक्चर्स’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायक क्षेत्रीको स्वरमा रहेको ‘जाऊ हिँड’ , ‘दिल खोलेर भनन’ लगायत भिडियोहरु सार्वजनिक भैसकेका छन्। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 

 

तपाईको प्रतिक्रिया