काठमाडौं । ब्याड ब्वाईको प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो ‘माया जाल’ सार्वजनिक भएको छ। यस गीतमा गायक ज्वाला राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ। देबेश राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा गायक राई र मानषी तामाङलाई मुख्य भूमिकामा देख्न सकिन्छ भने विषम आचार्य, बिबस भट्टराई, बिक्रम तामाङ र पारु चौधरीको समेत अभिनय रहेको छ। भिडियोमा फराज अर्पणको डिओपी र बिशाल थापाको छायाँकन रहेको छ। गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राईको युट्युव च्यानल ‘ज्वाला राई’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राईको स्वरमा ‘शितल शितल’, ‘दौरा भन्दा खल्ती लामो’, ‘तिमी फुल’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। भिडियो मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

 

तपाईको प्रतिक्रिया