काठमाडौं / नेपाल महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा तीज बिशेष नयाँ गीत “किन्देउ माया किन्देउ” सार्वजनिक भएको छ । यस गीतमा प्रदिप त्रिपाठी, लक्ष्मी कुमारी कार्की (बताला) को स्वर रहेको छ भने अस्मिता डल्लाकोटीको शब्द, प्रदिप त्रिपाठीको संगीत रहेको छ ।
करण साउदको निर्देशन रहेको गीतमा सुरेश कोलिको कोरियोग्राफी, रमित बोहराको छायांकन, बिनोद बमको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय मञ्जिता केसि र टीका जैसिको अभिनय रहेको छ भने भुवन भट्टराई र सुरेश कोलिले अभिनयमा साथ दिएका छन् । सो गीतलाई प्रदिप त्रिपाठी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।