काठमाण्डौ श्रावन ११ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लक्षित बिभिन्न तीज गीत सार्बजनिक हुने क्रममा भर्खरै मात्र महेन्द्र तिवारीको “बेदना” बोलको गीत सार्बजनिक भएको छ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तीज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ ।

गायक महेन्द्र तिवारी, पिएन साईला र गायिका जयन्तको आवाजमा सजिएको यस गितमा गीतकार सुर्य कुमार परियारको उत्कृष्ट शब्द सृर्जना एवम् महेन्द्र तिवारीको लय सिर्जना रहेको छ । निकै मौलिक यथार्थ समाजिक कथा बस्तुमा तयार भएको गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

विशाल वैरागीको निर्देशन एवम् दिपासा विसीको कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा दिपाशा विसी, रोजिना तिवारी, शुबास परियार र महेन्द्र तिवारी अभिनय देख्न सकिन्छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई विरेन्द्र परियारको छांयाकन एवम् अनिल विष्ट प्युठानीको सम्पादन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया