काठमाण्डौ श्रावन १४ – हरितालिक तीज २०७९ लक्षित विभिन्न गीत संगीत बजारमा आउने क्रममा पछिल्लो समय थुप्रै गीतहरु मौलिकतालाई भुलेर मात्र ब्यवसाहिकता ध्यान दिईएको हो की भन्ने भान हुने गरेको छ । यसो हुँदा आउँदा पुस्ताले तीज गीतको यथार्थ स्वाद नपाउने निश्चित छ । यसैलाई ख्याल गर्दै पछिल्लो समय हरेक सांगीतिक मनहरुको ढुकढुकी बनेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाई रहेकी लोकप्रिय गायिका तथा सर्जक जानुका लामिछानेले “आउ नाचौं” बोलको गीत सार्बजनिक गरेकी छिन् ।

गीतमा बर्षदिनको तीजमा धोको फेरेर रमाऔं नाचौं भन्ने किसिमको रोमान्चक स्वाद रहेको छ । जानुका लामिछानेको मौलिक लय र राजन लामिछानेको शब्दबाट तयार भएको गीतमा जानुका लामिछाने, कृष्ण प्रसाद लम्साल र दुर्गा नेपालको सुमधुर स्वर सुन्न सकिन्छ ।  जानुका लामिछाने युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको “आउ नाचौं” बोलको यस तीज गीतको म्युजिक भिडियोमा राजु खतिवडा, दिपेश बिसी, सरोज लामा, भवन आर्चार्य, भावना निरौला, उत्रिना निरौला, र मन्जिला लामिछानेको रोमान्चक अभिनय सहितको नृत्य देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन केशबराज भाटले गरेका हुन् भने छायांकन तथा सम्पादन अमन बडूले गरेका छन् । गायिका तथा सर्जक जानुकाले आफ्नो च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुको माया प्राप्त भएमा आगामी दिनमा थप यस्तै कर्णप्रिय गीत सार्बजनिक गर्दै जाने कुरा बताएकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया