काठमाण्डौ श्रावन १५ – भिडियो निर्देशन अभिनय र गीत लेखनमा पोख्त कलाकार रबिन शाहको प्रस्तुतिमा भर्खरै मात्र एक तीज गीत सार्बजनिक भएको छ । उक्त गीत “नाचौं छम्म छम्म” बोलको रहेको छ । प्रस्तुत गीतमा देशमा भएको विभिन्न समस्या र त्यसको समधानका निमित्त सम्बन्धित निकायको ढोका घचघच्याउने किसिमको भाव समाबेस गरिएको छ ।

रबिन शाह क्रियसन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई रबिन स्वयम् ले नि शब्द संगीत र स्वर भरेका छन् । यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक र मोर्डन ढंगबाट तयार पारिएको छ । भिडियोमा रबिन शाह, मदन ताम्राकार, कृष्ण रेग्मी, मुकेस रसाइली, राजेश बर्देवा, अभिषेक खड्का, मान बहादुर श्रेष्ठ, बिनोद भट्ट, संगम खत्री, संप्रिय खड्का, सुस्मिता शाह, करुणा शाह, शिला क्षेत्री र मिनी ठकुरीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन राम के सी र सम्पादन अमृत चापागाईंले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया