काठमाण्डौ श्रावन २४ – बिशेष गरेर मौलिक स्वादका गीत संगीतहरु सार्बजनिक गरेर आफ्नो छुट्टै पहिचान स्थापित गरेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले यस पटक बजारमा सार्बजनिक गरेका गीत “जवानी चढ्यो” ले सोचे जस्तो सफलता प्राप्त गर्न सकेको छैन । कारण उनले आफ्नो सांगीतिक पृष्ठभूमि हेर्न पर्ने देखिन्छ । मौलिक स्वादबाट सफलता प्राप्त गरेका रामकुमारले युवाबर्ग लक्षित यो गीत बजारमा ल्याउनु नै उनको लागि घातक भएको हुन सक्दछ ।

नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७९ शुभकामना सहित सार्बजनिक गरिको गीतमा गहिराही बुझ्दा बिकृति र विसंगति बिरुद्ध एक बुलन्द आवाजको रुपमा पनि यस गीतलाई लिन सकिन्छ । तर आफ्नो पहिचान भुल्न खोज्दा रामकुमारलाई अहिले छट्पटी भएको छ ।

रामकुमार कार्की कै लय तथा शब्द सिर्जनामा सजिएको यस गीतको म्युजिक सन्जिब ठकुरी, अस्मिता रनपाल, रुपेश दानी क्षेत्री, जुना एस डी, बिक्रम नेपालि, आर्यन राई, प्रसुना चौलागाईं र राजन अधिकारीको अभिनय देख्न सकिन्छ । “जवानी चढ्यो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतलाई रामकुमार कार्की युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया