काठमाण्डौ श्रावन २५ / यस वर्षको तीज नजिकिंदै गर्दा बजारमा तीजका गीतहरु बग्रेल्ती निस्किएका छन् । तीजका गीतमा चेलीका सुख, दुःख, बेदनाहरु तथा समाजमा महिलाले भोगेका कुरा विभिन्न ढंगले प्रस्तुत गर्ने गरिन्छ तर पछिल्लो समय तीज भनिने गीतमा विषय तीजको हुन छोडेको छ । एल्वमको नाम तीजको सम्झना गराउने हुन्छ भने गीत भने फरक खालको हुने गरेको छ । यसैलाई ख्याल गर्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ माईती चेलीको संवादलाई गीतमा उनेर पानीपर्यो झम्म झम्म (यसपालीको तीज) बोलको गीत बजारमा आएको छ ।
माइतबाट भाई लिन आउन नपाएको र फोनबाट भएपनि दिदीलाई तीज मान्न बोलाएको तथा दिदीले पनि खुब न्यास्रो लागेकोले यसपाली त जसरी पनि माईत आउने र माइती घरको आँगनमा नाच्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । शरण हुमागाईंको प्रस्तुतिमा रहेको यस गीतमा विष्णु तामाङको लय तथा संगीत संयोजन र शरण हुमागाईंको शब्द रहेको छ । गीतमा सावित्री श्रेष्ठ र शरण हुमागाईंको सुमधुर स्वर सुन्न सकिन्छ ।
पानीपर्यो झम्म झम्म (यसपालीको तीज) बोलको गीतको म्यूजिक भिडियोमा शुक्र लामा र सृजना किँरातीले अभिनय गरेका छन् भने भिडियोलाई अमोन रानाले निर्देशन गरेका हुन् । सन्तोष तिमल्सिनाको छांयाकन रहेको यस गीतको म्युजिक भिडियोलाई सम्पादन कल्पेश बि.क र मिन रावलले गरेका छन् । गीतलाई शरण हुमागाईं यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।