काठमाडौँ । नेपाली मौलिक लोक गीत संगीत क्षेत्रमा धेरै समय कब्जा जमाएका गायक गायिकाहरु राधिका हमाल , माण्डवी त्रिपाठी , जुना रिजाल, रामचन्द्र काफले , देवी धर्ति , राजु ढकाल , पुर्णकला विसी , लक्ष्मी मल्ल , श्रीकृष्ण बम मल्ल , कुन्ति मोक्त्तानको स्वरमा रहेको ‘हेरिस्योन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

राधिका हमालको शब्द र लय सिर्जनामा रहेको गीत तिजका पारखीहरु नेपाली नारिहरुलाई लक्षित गरि निमार्ण गरिएको गायिका राधिका हमालले बताइन । सुरेश श्रेष्ठको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा स्मृति तिम्सिनाको निर्देशन भिडियोमा रहेको छ । ‘हेरिस्योन’ गीतको भिडियोमा सफल पुन , राधिका हमाल , कृष्ण बहादुर पुन , माण्डवी त्रिपाठी , विपिन आचार्य , जुना रिजाल , रामचन्द्र काफले , देवी धर्ति , राजु ढकाल , पुर्णकला विसी , धन केपी , लक्ष्मी मल्ल ,श्रीकृष्ण बम मल्ल , कुन्ती मोक्तान र शिल बहादुर मोक्तानको अभिनय देख्न सकिन्छ ।

‘हेरिस्योन’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया