अस्ट्रेलिया बासी हरु को यस पटकको दशै तिहार सङित मय हुने भएको छ । नेपाली पप क्षेत्रका बहु चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेल सङै नेपाल आईडल ४ का प्रतियोगी आदेश पौडेलले यो बर्ष को दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउ हरु मा आफ्नो साङितिक प्रस्तुती दिने भएका छन ।

भर्सटाइल एजुकेसन एण्ड माइग्रेसन को प्रस्तुती मा नेप सिन्ड्नी इभेन्ट्स द्वारा आयोजित हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायतका ठाउँहरुमा हुने जानकारी काठ्माडौमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक युट्सल दाहालले दिएका हुन ।
अस्ट्रेलियामा केही बर्ष पछि आफ्नो साङितिक प्रस्तुती दिन दिन लागेकोमा गायक नवीन के भट्टराई आफू उत्साहित भएको जानकारी दिए ।
गायक सुगमले पनि यो बर्षको ठूलो चाड संगीतमय हुने मा आशा ब्यक्त गरे साथै आफ्ना नया तथा पुराना गीत सुनाउने बताए। आदेशले पनि आफ्नो पहिलो साङितिक यात्रा दाई हरु सगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको र कार्यक्रमको लागि बढी नै उत्साही भएको बताए ।
कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबर को अन्तिम हप्ता सम्म हुने र त्यो बेला नेपालिहरुको ठूलो चाड दशै/तिहार पनि पर्ने भएकोले अस्ट्रेलिया बासी नेपाली दाजुभाई तथा दिदी बहिनी हरुले संगीतमय तरिकाले मनाउने छन भन्ने आशा कार्यक्रममा सम्योजक युट्सल दाहालले लिएका छन । साथै कार्यक्रम भव्य बनाउन सबै ले साथ दिने आशा पनि राखेका छन ।

तपाईको प्रतिक्रिया