काठमाण्डौ भाद्र ०९ / यस वर्षको तीज नजिकिंदै गर्दा बजारमा तीजका गीतहरु बग्रेल्ती निस्किएका छन् । तीजका गीतमा चेलीका सुख, दुःख, बेदनाहरु तथा समाजमा महिलाले भोगेका कुरा विभिन्न ढंगले प्रस्तुत गर्ने गरिन्छ तर पछिल्लो समय तीज भनिने गीतमा विषय तीजको हुन छोडेको छ । एल्वमको नाम तीजको सम्झना गराउने हुन्छ भने गीत भने फरक खालको हुने गरेको छ । यसैलाई ख्याल गर्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ फोटो खिचेर, भाग २ बोलको गीत बजारमा आएको छ ।
उक्त गीत पवित्रा भण्डारीको प्रस्तुतिमा रहेको छ । लोकप्रिय सर्जक लिलाराज बानियाँ द्वारा लय तथा शब्द सृजना भएको यस गीतमा मनु के.सी को सुमधुर स्वर सुन्न सकिन्छ । साथै उनलाई पवित्रा भण्डारी कोपिला सापकोटा र मन्जु लोयलले पनि स्वरमा साथ् दिएका छन् । बर्ष दिनको पर्ब तीजलाई निकै हर्षउल्लासको साथमा मनाउनु पर्छ भन्ने किसिमको अप्रत्यक्ष संदेश समाबेस गरिएको यस गीतको म्युजिक भिडियोमा लिलाराज बानियाँ, जुना कार्की, सुनिता कालिकोटे, सुमन श्रेष्ठ, मन्जु लोयल, राज, सम्झना सापकोटा, रोजी दुलाल, पवित्रा भण्डारी, मनु के.सी र रजनी बजगाईंको आकर्षक अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरिग्राफी अमन राना, छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । फोटो खिचेर, भाग २ बोलको गीतको म्युजिक भिडियोलाई हरियाली प्रडक्सन सुर्यविनायक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।