काठमाण्डौ भाद्र १७ – हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक समिर आचार्यले पुनः आफ्नो स्वरमा निकै कर्णप्रिय गीत सार्बजनिक गरेका छन् । उनि प्रबाश मै रहेता पनि बिभिन्न सामाजिक संजाल मार्फत नेपाल मौलिक गीत संगीतलाई उच्च स्थानमा पुर्याउनका लागि बाधबादनको साथमा बेला बखत प्रस्तुत हुने गर्दछन् । जसको कारण नेपाली लोक तथा दोहोरी गीतलाई बिस्वसामु पुर्याउन समिरको महत्वपुर्ण योगदान रहेको कुरा कसैले नकार्न सक्दैन । पछिल्लो समय सार्बजनिक भएको उनि द्वारा स्वर बद्ध गीत “काठैको मदानी” बोलको रहेको छ । सरु खतिवडाको प्रस्तुतिमा रहेको यस गीतमा समिर संगै मिरा गिरीको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

दिनेश श्रेष्ठको मौलिक लय सिर्जना र भानुभक्त कटुवाल अनि भीमसेन खतिवडाको शब्द द्वारा सुसजित गीतको म्युजिक भिडियोमा लक्षमण बिक्रम बस्नेत, जोन बम, गोबिन्द विवस, निहारिका थापा, मनिषा मगर र लिलाराज बानियाँको आकर्षक अभिनय देख्न सकिन्छ । गाउँ ठाउँमा मोही पारिने ठेकी र मदानीको बारेमा अहिलेका पुस्तालाई जानकारी नहुन सक्दछ । त्यसैले पनि यस गीतको म्युजिक भिडियोमा कैद गरिएको दृश्यले आफ्नो मौलिक संस्कृतिलाई यथा स्थानमा राख्न टेवा पुग्ने निर्माण युनिट बिस्वास ब्यक्त गर्दछ । गीतको भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरिग्राफी राजाराम सिम्खडाले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।  गीतलाई समिर आचार्य युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । ​​​​​​​

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया