काठमाण्डौ भाद्र १७ – नेपाली लोक दोहोरी क्षेत्रमा मोडलिङ्ग तथा गायनको भूमिकाबाट आम दर्शक श्रोता माझ परिचित नाम लक्ष्मी दर्नालको प्रस्तुति लोक दोहोरी गीत “नाकको फुली” भर्खरै सार्बजनिक भएको छ । उनले केहि समय अगाडी मात्रै नेपालि नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीत “माइतीको आगनी” बजारमा ल्याएकी थिईन् । यहि र यिनै गीतहरुको चौतर्फी सफलता पछी लक्ष्मीको यो पछिल्लो प्रस्तुति हो । प्रस्तुत गीतमा लय सुफिक्स मदनको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । निकै रोमान्चक सैलिको यस गीतमा सानु के.सी स्मृति गौतम र रामकुमार खतिवडाको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीत सुन्दा केहि भल्गर जस्तो लागेता पनि यस गीतले समाजका बिकृति र विसंगति बिरुद्ध प्रहार गरेको छ । “नाकको फुली” बोलको गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं र अनु पराजुलीको आकर्षक अभिनय देख्न सकिन्छ । जुनतारा इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया