काठमाण्डौ भाद्र २२ – काँठ छेत्रको संस्कृतिको पहिचान र उत्थानार्थ नदेख्नेलाई देखाउन नसुन्नेलाई सुनाउन भन्ने मुल नाराको साथमा सुनाखरी मल्टिमिडिया फाउन्डेसनको आयोजनामा हुन लागेको राष्ट्रिय काँठेलोक दोहोरी अवार्ड -२०७९ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ ।
पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा इन्द्रेणी सास्कृतिक केन्द्रको हलमा सम्पन्न कार्यक्रममा र्कायक्रमका संयोजक हिमाल के.सि, सुनाखरी मल्टिमिडिया फाउन्डेसनका अध्यक्ष साथै कार्यक्रमका सभापति माधब थापा, गोकर्णेस्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल,वरिष्ट कलाकार, शिव नारायण जोशी, नवीन ढुङेल, धुर्बराज खड्का, दुर्गा रायमाझी, राम कुमार के.सि, भोजराज काफ्ले, उमा श्रेष्ठ, अमृत खाती, कृष्ण रेउले, राम कुमार नेपाली, लगायत कलाकारको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका निर्णायक जुरि नबराज घोरासैनी, र सांस्कृतिक संयोजक रेसम थापा रहनु भएको जानकारी अध्यक्ष थापाले दिएका छन् । काँठ क्षेत्रका कला संस्कृति भेषभुसा, रहनशहन, मौलिक संस्कृतिको संरक्षण र काँठका कलाकारको प्रतिभालाई सम्मान साथै नयाँलाई प्रोत्साहन गर्ने मुल उद्देश्य कार्यक्रमको रहेको छ । कार्यक्रमको सन्चालन सबैको लोकप्रिय् कलाकार सन्चारकर्मी कृष्ण कंडेल साथै अमृत खातीले गगरेका थिए । नोमिनेसनमा पर्नुहुने सम्पूर्ण कलाकर्मी लाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथिले शुभकामना मन्तब्य राखेका थिए ।
समग्रमा सुनाखरी मल्टिमिडिया फाउन्डेसनको आयोजनामा दोस्रो राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड २०७९ को उत्कृष्ट पाच मनोनयन सार्बजनिक कार्यक्रम इन्द्रेणी समाजको हलमा सभ्य र भब्यताका साथ सम्पन्न भएको आयोजक टिमले जानकारी दिएको छ ।
मनोनयन लिस्ट तल उल्लेख गरिएको छ ।