सुमन ढकाल,काठमाण्डौ।
प्रतिभाशाली कलाकार मुकु शुवेदीको अभिनयमा अर्जुन सापकोटाको युटुव च्यानलवाट देशभर गीत बाहिरिएको छ। दिक्षा विक प्रतिभा आचार्य र कमल परियार भिडियोमा अभिनय गरेका छन्।

गीतको बोल हो “मायाको बदला”। गीतमा वसन्त प्रवेशको संगीत रहेको छ। कृष क्षेत्रीले शब्द कोरेका हुन्।
अर्जुन सापकोटा राजु नेपाली खिम माया थापाको आवाज सजिएको छ।
यो गीतको निर्देशन पंकी सुरजले गरेका छन् । गीत र स्कृप्ट समेत निकै मिठो बनेको छ।

भिडियो इडिटर सुजन कोइरालाले गीतको कलर गरेका छन् । भिडियोलाइ सुनिल विश्वकर्माले खिचेका हुन् भने विश्वकर्माकै इडिट रहेको छ।
गीत सेप्टेम्बर ९ मा रिलिज भएको हो। छुटै र अनौठो किसिमको प्रेम कहानी सहित बनेको कारण गीतलाइ दर्शकले मन पराउछन् भन्नेमा संगीतकार आशावादी रहेको बताउछन्।
हेर्नुहोस् पुरा भिडियोः

https://youtu.be/NXp48FLGe_A

तपाईको प्रतिक्रिया