काठमाण्डौ भाद्र २८ – लोक तथा दोहोरी गीत संगीतको क्षेत्र र यसमा पनि काँठ क्षेत्रका गीत संगीत मन पराउनेहरुका लागि भर्खरै “कोइला र खरानी” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत जिबन कार्की र सन्तोष अधिकारीको प्रस्तुतिमा सार्बजनिक भएको हो । गीतमा देखेको नभै रोजेको मायाको जिबन्तता हुने अजम्बरी प्रेमभाव सामबेस गरिएको छ । सन्तोष अधिकारी द्वारा लय बद्ध यस गीतलाई शब्द रिना बिष्टले लेखेकी छिन् । गीतमा सन्तोष बिष्ट र रिना बिष्टको सुमधुर स्वर सुन्न सकिन्छ ।
निकै कर्णप्रिय स्वादमा तयार भएको “कोइला र खरानी” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा जिबन कार्की, अनु पराजुली, श्याम अर्याल र दिक्षा अर्यालको अभिनय देख्न सकिन्छ । अर्जुन महर्जन द्वारा निर्देशित भिडियोलाई छायांकन सरोज शाहीले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।