डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’को सिजन–६ मा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिए । तीमध्ये चार जना उत्कृष्ट भएका छन् ।

काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस सिजन–६’मा आयोजकले डिजाइनरहरुलाई चार वटा थिम दिइएको थियो । आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियरले आयोजना गरेको उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा ‘रोकोको थिम’मा ओमन लकान्द्री उत्कृष्ट बने । यस्तै, कलर ब्लकिङ थिममा छायाँ खड्का विजेता बनेकी छन् भने रेट्रो र नेट विइङ्स थिममा क्रमशः पुष्पा शाही र विष्णा बम उत्कृष्ट बने ।

उत्कृष्ट डिजाइनर छनोटका लागि सात जना निर्णायक थिए । जसमा हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्णराज तिमिल्सिना, केज फिटनेशका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरहरु महेश महर्जन, कुसुम श्रेष्ठ र निभा श्रेष्ठ थिए ।

कार्यक्रममा ‘मिस नेपाल–२०२२’ प्रियंका रानी जोशी, मिस नेपाल अर्थ डा सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का लगायत अतिथि हरु का रुपमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया