काठमाडौं : सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। अघिल्लो कारोबार दिन मंगलबार ३८ अंकको गिरावट आएको बजारमा आज  ११.२२ अंकले वृद्धि भएर १८४८.८२ विन्दुमा पुगेको छ।

नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम भने घटेको छ। आज ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भयो।

मंगलबार १ अर्ब २२ लाख ९६ हजार बराबरको सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक बढ्यो भने एकको मात्र घटेको हो।

म्युचुअल फण्ड समूहको सूचक ०.४४ प्रतिशतले ओरालो लागेको छ।

फाइनान्स समूहको सूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ। आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।

तपाईको प्रतिक्रिया